मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

मनमोहन बालग्रामका चेपाङ बालबालिकाहरुलाई जाडोबाट जोगाउन ट्वन्टीवान ग्रुपद्वारा फाइबर कम्बल प्रदान

  • A
  • A+
  • A++

६ पाैष, चितवन । माडीको लक्ष्मीनिवास गाउँस्थित मनमोहन बालग्राममा रहेका चेपाङ बालबालिकाहरुका निम्ति ट्वन्टीवान ग्रुप प्रपर्टी (प्रा.) लि.ले २० वटा फाइबर कम्बल प्रदान गरेको छ ।

विज्ञापन १

माडी क्षेत्रमा घरजग्गाको व्यवसाय गर्दै आएको सो कम्पनीेले चेपाङ बालबालिकाहरुलाई जाडोबाट जोगाउन भन्दै करीब ७० हजारको लागतमा सो फाइबर कम्बल प्रदान गरेको बालग्रामका अभिभावक टिकाराम आचार्यले बताउनुभयो । प्राप्त सहयोगबाट बालबालिकाहरुलाई जाडोयाममा चिसोबाट जोगाउन सहयोग पुग्ने उहाँको भनाई थियो ।

विज्ञापन २

कम्पनीले यसअघि पनि सो बालग्रामलाई आर्थिक र भौतिक रुपमा सहयोग गर्दै आएको छ । बालग्रामका लागि गोठ निर्माण गरी दुधका लागि गाई प्रदान गर्ने, दशैं र तिहारमा कपडा एवं नगद प्रदान गर्ने लगायतको सहयोग भएको बालग्राम व्यवस्थापनले जनाएको हो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया