नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडीको मगोई खोलामा पक्की पुल निर्माण जारी

'तेश्रो स्ल्याब यही पौष तेश्रो साताभित्रै ढलान भइसक्ने' : निर्माण पक्ष

264
SwadeshPost

८ पाैष, चितवन । नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडीको मगोई खोलामा दुईतर्फी पक्की पुल निर्माण कार्य जारी रहेको छ ।

संघीय सरकारको भौतिक प्रर्वाधार तथा यातायात मन्त्राल अन्तरगत हुलाकी राजमार्ग परियोजनाको करीब ६ करोड ५१ लाखको लागतमा पुल निर्माण जारी रहेको हो । भरतपुरस्थित सपना, लोहनी एण्ड ब्रदर्श ज्वाइन्ट भेन्चरले निर्माण गरिरहेको सो पुलको तेश्रो स्ल्याब ढलाईको तयारी भइरहेको निर्माण कम्पनी सम्बद्ध अनिल लोहनीले जानकारी दिनुभयो ।

गत २०७४ साल असार २८ गते ठेक्का सम्झौता भएपनि ढीलागरी निर्माण कार्य सुरु भएको सो पुलको तेश्रो स्ल्याब यही पौष तेश्रो साताभित्रै ढलान भइसक्ने लोहनीले बताउनुभयो । माडीमा हुलाकी सडकमा रहेका पतरे एवं बगहीँ खोलासहित थप तीनवटा खोलामा समेत पुल निर्माणको ठेक्का पाएकोमा निर्माण कार्यलाई तीब्रता दिइएको उहाँको भनाई छ ।

SwadeshPost