स्टार लेभलको होटल ट्वन्टीवानको निर्माण सुरुवात

418
SwadeshPost

०९ पाैष, चितवन । माडीको पौहारी क्षेत्रमा स्टार लेभलको होटल ट्वन्टीवानको निर्माण सुरुवात भएको छ ।

घरजग्गा व्यवसायी कम्पनी ट्वन्टीवान ग्रुप प्रपर्टी (प्रा.) लि.ले करीब २० करोडको लगानीमा सो होटलको निर्माण गर्न लागेको हो । होटलको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले सिमेन्टमा ईंटा राखी निर्माण शुभारम्भ गर्नुभएको थियो । आउँदो २ बर्षभित्र निर्माण सक्नेगरी नेपाल स्ट्रक्चरल ब्युल्डर्स नामको निर्माण कम्पनीले होटलको संरचना निर्माण सुरु गरेको हो ।

माडी-२, पौहारी गाउँमा करीब २ बिगाहा क्षेत्रफलमा होटल निर्माण सुरु भएको हो । होटलको पूर्वपट्टी पार्क निर्माण गरिने र पूर्व, पश्चिम र दक्षिणतर्फ आवास क्षेत्र एवं बजार विकास गरिने निर्माण कम्पनीको योजना रहेको ट्वन्टीवान ग्रुप प्रपर्टी (प्रा.) लि.का प्रवन्ध निर्देशक राज के.सी.को भनाई छ ।

SwadeshPost