ब्लड क्यान्सर पीडित बालिकालाइ साइड नेपाल क्लब बसन्तपुरले सहयोग

189
SwadeshPost

०९ पाैष, चितवन । माडीकी ब्लड क्यान्सर पीडित ६ बर्षीया बालिका अनुष्का महतोको उपचार सहयोगार्थ साइड नेपाल क्लब बसन्तपुरले एघार हजार एक सय एघार रुपैंया सहयोग गरेको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच क्लबका अध्यक्ष रविन्द्रराज श्रेष्ठ, सचिव अमृता आचार्य, संयोजक रामु क्षेत्री तथा सदस्यहरू सन्तोष चौधरी र निरज शाहले सो रकम पीडितका बुवा हरिया महतोलाई हस्तान्तरण गरिएको संयोजक क्षेत्रीले जानकारी दिनुभयो ।

माडीको सोमेश्वर मा.वि.मा कक्षा १ मा अध्ययनरत बिपन्न परिवारकी बालिका महतोको हाल भरतपुरस्थित बि.पी. कोइराला क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा सहयोग जुटाउन माडी-२ का वडाध्यक्ष ईश्वरी प्रसाद ढकालको संयोजकत्वमा सहयोग समिति गठन भई स्वदेश एफ.एम.को सहकार्यमा सहयोग संकलन अभियान चलिरहेको छ ।

SwadeshPost