नारायणी नदीको पुलबाट हाम फाल्दा माडी गोपालनगरकी एक महिलाको मृत्यु

283
SwadeshPost

१० पाैष, चितवन । नारायणी नदीको पुलबाट हाम फाल्दा माडी-७, गोपालनगर निवासी एक महिलाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो १२ः५५ बजेको समयमा नदीमा हामफालेकी ३९ बर्षीया मीना कुमारी प्रसाईंको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । नदीमा हाम फालेको सूचना पाउने वित्तिकै प्रहरी टोली पुगी उनलाई तत्काल उद्धार गरी भरतपुर अस्पताल पुर्‍याएको थियो । उपचारको क्रममा दिउँसो १ः३० बजे चिकित्सकले मृत घोषित गरेका थिए ।

विगत ६/७ बर्षदेखि मानसिक रोगको औषधी सेवन गर्दै आएकी प्रसाईं केहि समययता प्यारालाइसिसको समेत बिरामी रहेकी थिइन् । प्रायः भरतपुर र कहिलेकाँही माडी घरमा रहने उनी २ दिनअघि बिना सुचना घरबाट निक्लेको परिवार श्रोतलाई उद्धृत गर्दै माडी प्रहरीले जनाएको छ । उनको परिवारमा श्रीमानसंगै १८ र ७ बर्षका २ छोरीहरु रहेका छन् ।

SwadeshPost