धुर्ब्रे र रोनाल्डो हात्ती निकुञ्जभित्रको बाटोमा देखा परेसंगै माडीमा सन्त्रास बढ्यो

142
SwadeshPost

चितवन । चितवन राष्टिृय निकुञ्जमा रहेका धुर्ब्रे र रोनाल्डो नामका जंगली हात्ती निकुञ्जभित्रको बाटोमा देखा परेसंगै सन्त्रास बढेको छ ।

निकुञ्जभित्र, केही समय शान्त रहेका जंगली हात्ती फेरि निकुञ्जको बाटोमा देखा पर्दा मोटरसाइकल र साना सवारीसाधनमा यात्रा गर्नेहरूमा त्रास बढेको हो। यसबाट भरतपुर देखि माडीको यात्रा गर्दा सतर्कता अपनाउन जरुरी देखिएको छ । माडीमा, बिगतमा वन्यजन्तुको आक्रमणले धेरै जनाको ज्यान लिइसकेको अवस्था हो ।

यसैबिच, चितवनमा बन्यजन्तुको आक्रमण बढ्दै गरेको छ । चालू आर्थिक बर्ष २०७८/७९ को पाँच महिनामा चितवन राष्टिृय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट चार जनाको मृत्यु भएको छ भने सोही अवधीमा विभिन्न जनावरको आक्रमणमा परी २९ जना घाइते भएका छन् ।

SwadeshPost