माडी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतमको प्रदेश नं. २ मुख्यमन्त्री कार्यालयमा सरुवा

232

चितवन । माडी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमको सरुवा भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत गौतमको प्रदेश नं. २ मुख्यमन्त्री कार्यालयमा सरुवा भएको हो । करीब आठ महिना अघि मात्रै माडी नगरपालिकामा सरुवा भई आउनुभएका गौतम सेवा अवधी नपुग्दै सरुवा हुनुभएको हो । गौतम गत २०७७ चैतमा दोलखाको जिरी नगरपालिकाबाट माडीको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भई आउनुभएको थियो ।

सामान्यतः अवधी पुगेपश्चात वा आफैले आवेदन गरेमा वा कुनै अभियोग लागेमा कर्मचारीको सुरुवा हुनेगर्छ । गौतमको सरुवाका लागि भने माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गर्नुभएको सार्वजनिक भएको छ ।

SwadeshPost