एमाले चितवनको नेतृत्वका लागि माडीका युवानेता राम न्यौपानेसहित ४ जना आकांक्षी

201
SwadeshPost

चितवन । नेकपा एमाले चितवनको नेतृत्वका लागि माडीका एमाले नेता रामप्रसाद न्यौपाने सँगै चितवनका अन्य ४ नेताहरु आकांक्षी देखिएका छन् ।

एमाले चितवनको १०औं जिल्ला अधिवेशन नजिकिए सँगै महाधिवेशनमा चितवन जिल्ला अध्यक्षका लागि एमाले नेताहरु तेजेन्द्र खड्का, कृष्ण भुर्तेल, रामप्रसाद न्यौपाने र कमल पाठकले आकांक्षा देखाउनुभएको हो ।

माडीको कल्याणपुर क्षेत्रबाट आफ्नो राजनीतिक पृष्ठभूमि बनाउँदै हाल एमाले प्रदेश कमिटी सदस्य रहनुभएका युवा नेता रामप्रसाद न्यौपाने २०४५ सालदेखि अनेरास्ववियुको राजनीतिमा सक्रिय रहँदै आउनुभएको हो । त्यसैगरी पूर्वी चितवनका नेता कमल पाठक पनि आकांक्षी देखिनुभएको हो ।

२०४३ सालबाट राजनीति सुरू गर्नु भएका पाठक कानुन व्यवसायी पनि हुनुन्छ ।त्यस्तै २०३५ सालदेखि चितवनको कम्युनिष्ट राजनीतिमा सक्रिय कृष्णप्रसाद भुर्तेल पनि अध्यक्ष पदका लागि आकांक्षी देखिनु भएको छ । २०४२ सालदेखि चितवनमा पार्टी संगठन निर्माणमा सक्रिय रहँदै आउनुभएका तेजेन्द्र खड्का पनि एमाले चितवन नेतृत्वका लागि आकांक्षी देखिनु भएको हो । एमाले जिल्ला कमिटीले पुस २३ र २४ गते अधिवेशनको मिति तोकेको छ ।

SwadeshPost