सुनचाँदी व्यवसायी संघ माडीको तेश्रो साधारण सभा तथा अधिबेशनबाट अध्यक्षमा कृष्ण गोतामे पुनर्चयन

अनुगमन समिति संयोजकमा सागर गोतामे र लेखा संयोजकमा प्रेम सुनार

264
SwadeshPost

१५ पाैष, चितवन । सुनचाँदी व्यवसायी संघ चितवन, माडी शाखाको तेश्रो साधारण सभा तथा तेश्रो अधिबेशनबाट अध्यक्षमा कृष्ण गोतामे पुनर्चयन हुनुभएको छ ।

त्यस्तै, उपाध्यक्षमा लक्ष्मण सुनार र शिवलाल विश्वकर्मा, सचिवमा दुर्गा सुनार, कोषाध्यक्षमा इश्वरी सुनार, सहसचिवमा बिमला सुनार र सदस्यहरुमा सागर घताने, शंकर विश्वकर्मा र कर्णबहादुर सुनार चयन हुनुभएको छ ।

कार्यक्रमबाट अनुगमन समिति संयोजकमा सागर गोतामे र लेखा संयोजकमा प्रेम सुनार चुनिनुभएको छ । संघको माडी शाखाका अध्यक्ष गोतामेको अध्यक्षतामा बसन्तपुर बजारस्थित होटल प्याराडाइजमा गएसाँझ बन्दसत्र सम्पन्न भएको हो ।

संघले सुनचाँदी पेशा व्यवसायमा आबद्ध रहेका व्यवसायीको हक अधिकारको सुनिश्चितता तथा सुनचाँदी खरिदबिक्री एबं कारोबारमा देखा परेका समस्याहरूलाई समाधान गर्दै आएको छ ।

SwadeshPost