प्रमुख प्रशासकीय अधिकृत गौतमको सरुवा प्रकरणमा माडीका चार राजनैतिक दलको ध्यानाकर्षण

27
SwadeshPost

चितवन । प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमको सरुवा गराउन माडीका नगरप्रमुखले मन्त्रालयमा पत्राचार गरेको भन्दै माडीका चार राजनैतिक पार्टीहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।

नेकपा एमाले माडी नगर अध्यक्ष नारायण अधिकारी, राप्रपा नगर अध्यक्ष वीरेन्द्र भण्डारी, नेकपा (क्रान्तिकारी माओवादी) नगर सेक्रेटरी देवीलाल पौडेल र बिप्लव नेतृत्वको नेकपा माडी नगर सेक्रेटरी क. रमाले संयुक्त प्रेस वक्तव्य जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् । नगरप्रमुखले कार्यपालिकालाई समेत जानकारी नगराई प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरी शिक्षा सेवातर्फका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाउन माग गरेको जिकीर गरिएको छ ।

नगरपालिकामा पर्याप्त स्थायी कर्मचारीहरु नरहेको, वडा कार्यालयहरु सचिव विहीन रहेको र ईलाका प्रशासन कार्यालयमा लामो समयदेखि प्रमुख नरहेको औंल्याउँदै चार दलले बिधी र पद्धतिको ख्याल नगरी छोटो छोटो समयमा प्रशासकीय अधिकृत हेरफेर सिफारिस गर्नु खेदजनक रहेको उल्लेख गरिएको छ । बिधी र पद्धति बिपरित गरिने यस प्रकारका गतिविधीका बिरुद्धमा जस्तोसुकै आन्दोलन गर्न पनि बाध्य हुने दलहरुको भनाई छ ।

SwadeshPost