सोमबार, माघ ०७, २०८१
सोमबार, माघ ०७, २०८१

माडी (स्थानीय) खबर पोष्ट

सोमेश्वर मा. वि.को व्यवस्थापन समिति गठनप्रति माडीका तीन राजनैतिक दलको ध्यानाकर्षण

  • A
  • A+
  • A++

१६ पाैष, चितवन । माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयको व्यवस्थापन समितिलाई पूणर्ता दिने र अध्यक्ष चयन प्रकृयामा मनोमानी ढंगले प्रक्रिया नपुर्‍याई समिति गठन गरेको भन्दै माडीका तीन राजनैतिक पार्टीहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञापन १

नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राप्रपाले संयुक्त वक्तव्य जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् । वक्तव्यमा, विद्यालय जस्तो पवित्र मन्दिरमा गहन छलफल तथा आम सहमतीमा व्यवस्थापन समिति गठन गर्नु पर्नेमा अस्तित्वमा रहेका दलहरुको अनुपस्थितिमा छलफल नै नगरी हठात रूपमा मनोमानी ढंगले प्रक्रिया नपुर्‍याई पूर्व सहमतीलाई अवज्ञा गर्दै समितिलाई पूणर्ता दिइएको आरोप लगाइएको छ ।

विज्ञापन २

नवगठित व्यवस्थापन समितिलाई अबैद्यानिक करार गर्दै वक्तव्यमा व्यवस्थापन समितिको गठन सामुहिक छलफल गरी सहमतीमा गरिनुपर्नेमा जोड दिइएको छ । विद्यालयको शैक्षिक, आर्थिक, भौतिक लगायत चौतर्फी विकासमा भने आफूहरुको सामुहिक प्रतिबद्धता रहेको उल्लेख गरिएको छ ।वक्तव्यमा, एकीकृत समाजवादीका चितवन जिल्ला सदस्य दिनकर पौडेल, माओवादी केन्द्र माडी १ र २ का अध्यक्ष क्रमशः गंगा भुसाल र ईश्वरी प्रसाद ढकाल र राप्रपाका वडा नं. १ अध्यक्ष लेख बहादुर गुरुङ लगायतको हस्ताक्षर रहेको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया