माडीका पुराना बामपन्थी नेता एवं शिक्षासेवी लीलाधर आचार्यको निधन

191
SwadeshPost

चितवन । माडीका पुराना बामपन्थी नेता एवं शिक्षासेवी लीलाधर आचार्यको निधन भएको छ ।

लामो समयदेखि अस्वस्थ भइ उपचारमा रहनुभएका आचार्यको शुक्रबार राती निधन भएको हो । नेकपा (एमाले)का बागमती प्रदेस कमिटी सदस्य रहनुभएका उहाँ चितवनको कम्युनिष्ट आन्दोलनका लोकप्रीय नेता हुनुका साथै माडीको शैक्षिक र भौतिक विकासमा प्रत्यक्ष जोडिनुभएको नेता हुनुहुन्थ्यो ।

माडीमा माडी क्याम्पस र जनकल्याण माध्यमिक विद्यालयको स्थापना र संस्थापनामा उहाँको महत्वपूर्ण योगदान रहेको छ । दिवंगत आचार्यप्रति स्वदेश परिवारका तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

SwadeshPost