कीर्तनपुर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

20
SwadeshPost

१९ पाैष, चितवन । माडी नगरपालिका-७ स्थित कीर्तनपुर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

स्थानीयबासी रमेश सदाशंकरबाट सहयोगस्वरुप प्राप्त रु ५० हजार र माडी नगरपालिकाको ३० हजार रुपैंया आर्थिक सहयोगमा १५९ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

त्यस्तै, विद्यालयमा स्थापित स्व. गोपाल स्मृति अक्षय कोषदाता धनराज गौतम, स्व. टीकादेवी आचार्य, स्व. चन्द्र मोहन पौडेल स्मृति अक्षय कोष दाता कमला पौडेल लगायतका अक्षय कोषदाताहरुलाई सम्मान गरिएको थियो । त्यस्तै, विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने सहयोग दाताहरुलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

माडी नगरपालिका उप-प्रमुख ताराकुमारी काजी महताको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक गणेशबाबु घिमिरेले जानकारी दिनुभयो ।

SwadeshPost