पाठेघरको मुखको क्यान्सर परीक्षणमा माडीका ६३ जना महिलाहरुले परीक्षण

408
SwadeshPost

१९ पाैष, चितवन । माडी माइतीघर नेपाल नामको संस्थाद्वारा आयोजित पाठेघरको मुखको क्यान्सर स्क्रन तथा परीक्षण शिविरमा माडीका ६३ जना महिलाहरुले पाठेघरको निःशुल्क परीक्षण गरेका छन् ।

शिविरमा ६३ जनाको पाठेघरको परीक्षण, ६६ जनाको स्तन परीक्षण, ३३ जनालाई औषधी वितरण र ५ जनालाई रेफर गरिएको थियो भने ४ जनामा पाठेघर झरेको समस्या देखिएको आयोजकले जनाएको छ ।

माडीको बसन्तपुरस्थित माडी क्याम्पसको प्राङ्गणमा सम्पन्न सो शिविरमा बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर क्यान्सर रोकथाम नियन्त्रण तथा अनुसन्धान विभागका डाक्टर कृष्ण प्रसाद सुवेदीले क्यान्सर सम्बन्धी जानकारी गराउनु भएको थियो ।

रोजगार, अध्ययन वा बैवाहिक कारण माडी बाहिर रहेका चेलीहरुको संस्था माडी माइतीघर नेपालले माडी नगरपालिका स्वास्थ्य शाखाको सहयोग तथा मनकामना अस्पताल भरतपुरको प्रायोजनमा सो शिविर सञ्चालन भएको माइतीघरकी अध्यक्ष बिष्णु तिवारीले जानकारी दिनुभयो ।

SwadeshPost