आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

देश-प्रदेश खबर पोष्ट

ध्रुबे नामको जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सेनाका जवानको मृत्यु

  • A
  • A+
  • A++

चितवन । ध्रुबे नामको जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सेनाका जवानको मृत्यु भएको छ ।

विज्ञापन १

गस्तीका क्रममा गएसाँझ ७ बजे ध्रुबेको आक्रमणमा परेका शैनिक जवान गुप्त बहादुर थापाको गएराती करीब ११ः२० बजे दुखद् मृत्यु भएको हो । उहाँ खड्गदल गण अन्तरगत चितवन राष्ट्रिय निकुञ्जभित्र ध्रुब पोष्टमा कार्यरत हुनुहुन्थ्यो । ध्रुबेले कुल्चिँदा उहाँको ढाड भाँचिएको थियो । गम्भीर घाइते अवस्थामा भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा उहाँको ज्यान गएको हो ।

विज्ञापन २

ध्रुब पोष्ट नजिक गस्तीमा रहँदा सो हात्तीले गस्ती टोलीमाथि लुकेर आक्रमण गरेको थियो । त्यस क्रममा सैनिकहरुले फायरिङ गरेपनि ध्रुबे नभागी आक्रमणमा उत्रिदाँ सो दुखद् घटना भएको निकुञ्ज श्रोतले जनायो ।योसंगै ध्रुबेको आक्रमणबाट मृत्यु हुने मानिसहरुकोको ज्ञात संख्या १६ पुगेको छ । यसअघि सो हात्तीले मुख्यतः माडीसंगै नेपाल र भारतका विभिन्न स्थान १५ जनाको ज्यान लिइसकेको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया