१४ माघ, चितवन । पछिल्लो समय माडी क्षेत्रमा देहत्याग (आत्महत्या) गर्ने घटना बढ्दै गएको देखिएको छ ।
गत माघ १० गते बिहान ११ बजेको समयमा माडी-२ पुरानो पर्सा निवासी ५० बर्षीया कल्पना बोट घर नजिकै रहेको आफ्नै खेतको रुखमा प्लाष्टिक डोरीकै पासो लगाई झुण्डीएर देहत्याग गरेको अवस्थामा भेटिइन । सो घटनामा उनको टाउको र खुट्टामा समेत चोट देखिएकाले प्रहरीले आत्महत्या दुरुत्साहन वा कर्तव्य ज्यानको कोणबाट समेत अध्ययन जारी राखेकोछ ।
सोही दिन माडी – ८, शिवद्वारस्थित रिउखोलाको बगरमा रहेको मचानको बलोमा दिउँसो १ बजेतिर प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएर माडी-७ बस्ने बर्ष ५५ का मीनराज सुबेदीले देहत्याग गरे । त्यसअघि पौष ३० गते दिउँसो १ः३० बजे माडी-५, पिपरियामा ब्रह्मस्थान निवासी ६० बर्षीय राजेन्द्र महतो घरनजिकै झूण्डिएको अवस्थामा मृत भेटिएका थिए ।
घरायसी विवाद, घरेलु हिंसा, परपुरुष र परस्त्रीसंगको अवैध सम्बन्ध, मानसिक तनाव, नैराश्यता, कार्य असफलता, प्रेममा असफला, पारिवारिक कलह, न्याय प्रणालीमा पहुँचको कमी र दीर्घरोग आदिको कारण देहत्यागको घटना बढ्दै गएको मनोबिदहरु बताउँछन् ।