१४ माघ, चितवन । नेपाल ग्रामीण पुननिर्माण संस्था (आर.आर.एन.)द्वारा माडीको रौतनी खोलामा सञ्चालित ‘एक नदी एक समुदाय परियोजना’ले दोश्रो बर्ष पुरा गरेको छ ।
जापानी सहयोगी संस्था साप्लानीर र जापान दुतावासको सहयोगमा सञ्चालित सो परियोजनाले दोश्रो बर्षको अवधीमा ४ करोड ८२ लाख रुपैंया बजेटबाट नदी नियन्त्रण सम्बन्धी विभिन्न काम गरेको हो । त्यसमध्ये ४ करोड ७५ लाखको भौतिक निर्माण र करीब ७ लाख रुपैंया क्षमता विकासमा खर्च भएको परियोजनाका संयोजक रबिन्द्र सिंह ठकुरीले जानकारी दिनुभयो ।
परियोजनाको दोश्रो बर्ष पुरा हुँदैगर्दा त्यस अन्तरगत रौतनी खोलाको उपल्लो तटीय र मध्य तटीय क्षेत्रमा भएको भौतिक निर्माणको स्थलगत अवलोकन एवं प्रगति समीक्षा समेत गरिएको छ । माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो र वडाध्यक्षहरु सहित सरोकारवालाहरुको समूहले फिल्ड अध्ययन गरेको हो । अवलोकन पश्चात भएको समीक्षा कार्यक्रममा परियोजनाबाट माडीमा बाढीजन्य बिपद् न्यूनिकरणमा महत्वपूर्ण सहयोग पुगेको निष्कर्ष निकालिएको थियो ।