२५ माघ, चितवन । माडीका दृष्टिविहीन अगुवाहरुले टकब्याक बिधीको प्रयोग गरी पछिल्लो प्रविधिको एन्ड्रोइड मोबाइल चलाउन थालेका छन् ।
विज्ञापन १
माडी नगरपालिकाको आर्थिक सहयोग र माडी नगर अपांग उत्थान समन्वय समितिको आयोजनामा सञ्चालित १५ दिने तालिममा सहभागी भई ७ जना दृष्टिविहीनहरु स्मार्टफोन चलाउन सक्ने भएका हुन् । तालिमका सहभागीहरुले एक-एकवटा एण्ड्रोइड मोबाइल समेत पाएका थिए । सहभागीहरुलाई चितवन नेत्रहीन संघका अध्यक्ष संजय अर्यालले ओ.सि.आर. बिधीमार्फत मोबाइल चलाउने तालिम दिनुभएको थियो ।
विज्ञापन २
तालिमपछि मोबाइलमा टकब्याक नामको एप्स प्रयोग गरी आफूहरु हरेक एप्सहरु चलाउन, टाईप गर्न, मेसेज पठाउन र पढ्न तथा अन्य सबै काम गर्न सक्ने भएको दृष्टिविहीन समेत रहनुभएका अपांग समन्वय समितिका अध्यक्ष यम बहादुर अधिकारीले बताउनुभयो ।
विज्ञापन ३