मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन जिल्ला समितिमा माडीबाट अध्यक्षसहित १० नेताहरु अँटाए

  • A
  • A+
  • A++

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन जिल्ला समितिमा माडी क्षेत्रबाट अध्यक्षसहित १० जना नेताहरु अँटाएका छन् ।

विज्ञापन १

एमाले जिल्ला समिति सदस्यहरूमा माडी नगर क्षेत्रबाट शिवहरि सुवेदी, श्याम कुमार बिष्ट, रेशमलाल आचार्य, जीत बहादुर शाही, नारायण पौडेल, रामेश्वर महतो, कमल रामदाम, वीना तिमिल्सिना र ताराकाजी महतो रहनुभएको छ । त्यस्तै, माडी नगर कमिटि अध्यक्ष नारायण अधिकारी समेत एमाले जिल्ला सदस्यमा पदेन मनोनित हुनुभएको छ । यसबाहेक एमाले जिल्ला अध्यक्षमा माडीकै युवा नेता रामप्रसाद न्यौपाने चयन हुनुभएको छ ।

विज्ञापन २

१०औं जिल्ला अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिमा भूगोल अन्तरगत भरतपुर महानगरपालिकाबाट २० पुरुष र १२ महिला, रत्ननगर नगरपालिकाबाट ७ पुरुष र ५ महिला, खैरहनी नगरपालिकाबाट ७ पुरुष र ५ महिला, राप्ती नगरपालिकाबाट ७ पुरुष र ५ महिला, कालिका नगरपालिकाबाट ५ पुरुष र ३ महिला तथा इच्छाकामना गाउँपालिकाबाट ३ पुरुष र २ महिला समेटिएको जनाइएको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया