शुक्रबार, मङि्सर २१, २०८१
शुक्रबार, मङि्सर २१, २०८१

स्वदेशपोष्ट विशेष

एमसीसी सम्झौता खारेजीको माग गर्दै वाइ. सि. एल. र अनेरास्ववियू क्रान्तिकारी चितवनद्वारा संयूक्त विरोध प्रदर्शन

  • A
  • A+
  • A++

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै वाइ. सि. एल. जिल्ला समिति चितवन र अनेरास्वविय क्रान्तिकारी जिल्ला समिति चितवनले संयूक्त रुपमा चितवनको भरतपुरमा विरोध प्रदर्शन गरेको छ ।

विज्ञापन १

यथास्थितिमा एमसीसी टेबल गर्ने राष्ट्रघाति कदम विरुद्धको विरोधमा भरतपुरको चौबिसकेठीबाट भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय अगाडी आएर विरोधसभामा परिणत भएको थियो । विरोधसभामा बोल्दै वाइ. सि. एल. नेपालका प्रदेश कमिटिका सह इञ्चार्ज सन्तोष पनेरुले एमसीसी सम्झौता सदनबाट बिना संशोधन नगरी बिना परिमार्जन पास गर्ने धृष्टता गरिए प्रतिवाद गरिने चेतावनी दिनुभयो ।

विज्ञापन २

यथास्थितीमा एमसीसी लाई स्विकार गर्न नसकिने नेकपा माओवादी केन्द्रको अध्यक्षको दाबी रहेको जनाउनु हुदै एमसीसी विरुद्ध सबै राष्ट्रवादीयूवाहरुहरु एकढिक्का हुने भन्दै अब जनताले सशक्त प्रतिवाद गर्ने बताउनु भयो । यस्तै, अनेरास्वविय क्रान्तिकारी वागमती प्रदेश का अध्यक्ष सुरज सिंह ठकूरी, वाइ. सि. एल. नेपालका जिल्ला समिति चितवन संयोजक राम गोदारले कुनै पनि हातलमा बिना संशोधन एमसीसी पास हुन नदिने चेतावनी दिनुभएको थियो । एमसीसी सम्झौता खारेजी विरोध प्रदर्शनक को सम्योजन वाइ. सि. एल. नेपालका पूर्व केन्द्रिय सदस्य अविरल पोख्रेलले गर्नु भएको थियो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया