चितवन । माडी नगरपालिकाले नगर क्षेत्रभित्र आवाद वा उपभोगमा रहेका ऐलानी जग्गाको प्रतिकठ्ठा प्रतिबर्ष २५० रुपैंयाको दरले बहाल बिटौरी कर तिर्न सुचना गरेको छ ।
विज्ञापन १
प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालद्वारा हस्ताक्षरित सुचनामा नगरको शंसोधित आर्थिक ऐन बमोजिम अनुसार विगतदेखि जग्गा उपयोग गरिआएका ऐलानी पर्ती जग्गाको प्रतिकट्टा रू २५० प्रतिवर्षका दरले बहाल बिटौरी कर अशुल गरिने जनाइएको हो ।
विज्ञापन 2
यसका लागि ऐलानी पर्ती जग्गाको उपयोगकर्ताले आफूले उपयोग गरिआएको जग्गाको क्षेत्रफल स्वघोषणा गरी नियमानुसारको बहाल विटौरी कर दाखिला गर्नुपर्ने व्यवस्था रहेको छ ।उपयोग गरेको क्षेत्रफल भन्दा कम घोषणा गरी नियतवस झुठो विवरण पेश गरी कम कर रकम बुझाएमा भने निर्धारित राजश्व रकमले खाम्ने बाहेकको जग्गा सार्वजनिक जग्गा सरह हुने समेत सुचनामा जनाइएको छ ।