मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

राष्ट्रिय भूमि आयोग चितवनले माडीको बाँदरझुलामा जग्गा नापी कार्य अडाडि बढायो

  • A
  • A+
  • A++

चितवन । राष्ट्रिय भूमि आयोग चितवनले माडीको बाँदरझुलामा जग्गा नापी कार्य अडाडि बढाएको छ ।

विज्ञापन १

फिल्डमा जग्गा नापीका लागि माडी-९, बाँदरझुलामा २ जना सुपरिवेक्षक र ४ जना अमिन खटिएका छन् । जग्गाको नापी हँदा मूख्य सडकलाई २० मिटर राख्ने, ठाडो बाटो ८ मिटर र माथिको बाटो १० मिटरमाथिको बनाउने तय भएको छ ।

विज्ञापन २

चितवन आयोगका अध्यक्ष बद्री तिमिल्सिना आफै बाँदरझुला पुगी जग्गा नापी कार्य सहजिकरण गर्नुभएको हो । लालपुर्जा दिने कामका लागि कुनै पनि कसर बाँकी नराख्ने भन्दै उहाँले वास्तविक सुकुम्बासीलाई जग्गा दिएर छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बाँदरझुलामा २ देखि ३ महिना लागेपनि सबै नाँपजाप गरेर मात्र अमिन फर्किने उहाँको भनाई छ ।

विज्ञापन ३

बाँदरझुलामा करिब ६ सय ५० घर धुरी रहेका छन् भने १ हजार बिघा जग्गा खनजोत भएको छ । बाँदलझुलमा २०४८ सालदेखि देशका विभिन्न भूभागबाट आएकाहरु बसोबास गर्दै आएका छन् । त्यहाँ नाँपजाँच भएको जमीनको निस्सा वितरण भने आइतबार पछिमात्रै सुरु हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया