आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

देश-प्रदेश खबर पोष्ट

चितवन राष्ट्रिय निकुञ्जभित्र नयाँ बैंकल्पिक भूमिगत केबुल बिछ्याउने प्रकृया अलमलमा

  • A
  • A+
  • A++

११ फागुन, चितवन । माडीको भित्री गाउँहरुमा बिजुली बिस्तारका लागि टेण्डर आह्वान भइरहँदा निकुञ्जभित्र नयाँ बैंकल्पिक भूमिगत केबुल बिछ्याउने प्रकृया भने अलमलमा परेको छ ।

विज्ञापन १

निकुञ्जभित्र ३३ के.भी.को ट्रिपल कोटेड कपर (तामाबाट बनेको) केबुल बिछ्याउन करीब ६ करोड रुपैंया बजेट विनियोजन सहितको परियोजनाको फाइल प्राधिकरणको मुख्यालय, काठमाडौंमा ‘पेण्डिङ’मा परेको हो ।

विज्ञापन २

तात्कालीन भरतपुर वितरण केन्द्रले चार बर्षपहिले नै पेश गरेको सो फाइलप्रति ‘निकुञ्जले ई.आई.ए. खोजेको’ भन्दै प्राधिकरण नेतृत्व र अन्य सरोकारवाला निकायहरु अकर्मण्य रहँदै आएका छन् । प्राधिकरण ‘पुरक ई.आई.ए.’ गर्नसम्म सहमत हुने र निकुञ्जले नयाँ ई.आई.ए. माग गर्ने विवादमै समग्र प्रक्रिया अलमलिएको बुझिएको छ ।

विज्ञापन ३

केहि दिनअघि निकुञ्जभित्र भूमिगत केबुल पड्किएपश्चात माडीको विध्युत अवरुद्ध भएको सन्दर्भमा बैंकल्पिक प्रशारण लाइनको बिषय पुनः चर्चामा आएको थियो । तर केबुल मर्मतपश्चात बिजुली सुचारु भएसंगै सो बिषय हराउने गर्दै आएको छ । बिजुली सुचारु रहँदा प्राधिकरणको चनौली वितरण केन्द्रसंगै माडीका बिजुली उपभोक्ताहरुले समेत यस बिषयमा खासै चासो लिएको देखिँदैन ।

नेपालकै लामो भूमिगत बिजुली प्रसारण लाइनका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जको अण्डरग्राउण्ड केबुल पटक पटक बिग्रने गरिरहेको छ । हाल बिछ्याइएको अल्मुनियम केबुल कमसल हुनाले पटक पटक पड्किने गरिरहेको हो । केबुल बिग्रँदा केहि घण्टादेखि महिनौंसम्म बिजुली अवरुद्ध भइ जनजीवन प्रभावित हुनेगरेको छ ।

तपाईको प्रतिक्रिया