मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

जाडोयामका कारण डेढ महिनादेखि बन्द रहेको माडीको भित्री बाटो कालोपत्रे कार्य पुनः सुचारु

  • A
  • A+
  • A++

११ फागुन, चितवन । जाडोयामका कारण डेढ महिनादेखि बन्द रहेको माडीको भित्री बाटो कालोपत्रे कार्य पुनः सुचारु भएको छ ।

विज्ञापन १

माडी ६, कल्याणपुरदेखि वडा नं.५को मिलनचोक हुँदै ब्रह्मपुरी सम्मको १.८ कि.मि. लामो बाटो कालोपत्रे गर्ने कार्य सुरु भएको हो । माडी नगरपालिका र बागमती प्रदेश सरकारको साझेदारी कार्यक्रम अन्तर्गत २ करोड रुपैंयाको लागत योजनामा सो बाटो कालोपत्रे सुरु भएको वडाध्यक्ष रामबन्धु पोखरेलले बताउनुभयो ।

विज्ञापन २

माडी उपत्यकामा यसबर्ष माडी २ को चिरौली चोकदेखि सिम्रहनी हुँदै एकता स्तम्भ पुग्ने सडक, माडी ४ मा प्रभू महतोको घरबाट रेडहिल पार्कसम्म पुग्ने सडक, माडी ७ मा देबेन्द्रपुर बजारबाट जगन्नाथपुरी स्कूल हुँदै परुई खोलासम्म पुग्ने सडक, माडी ३ मा बसन्तपुर बजारको पुरानो सडकमा कालोपत्रे कार्य र माडी ३ कै बघौंडा चोकदेखि बैराठ गाउँसम्म पुग्ने सडक कालोपत्रे पुरा भइसकेको नगरपालिकाका ईञ्जिनियर युवराज महतोले जानकारी दिनुभयो ।

विज्ञापन ३

अब, माडी ५ स्थित रमाइलोडाँडा चोकदेखि माडी ६ स्थित जनकल्याण मा.वि. पुग्ने बाटो, माडी १ मा लक्ष्मुनिया सिर्जनाचोकदेखि भंगतासम्म पुग्ने बाटो, माडी ५ मै बसन्तपुरको शहीदचोकदेखि पिपरियासम्म पुग्ने बाटो, माडी ८ मा दक्षिण अयोध्यापुरी स्कुलदेखि कान्तिपुर जाने बाटो तथा ८ नं. वडा कार्यालय चोकदेखि तिलु पुरीको घर जाने बाटो, माडी ७ स्थित कीर्तनपुर गाउँ र माडी ९ को गोबिन्दबस्तीदेखि कान्छीबगहीँसम्म कालोपत्रे गर्ने कार्यक्रम रहेको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको भनाई छ ।

तपाईको प्रतिक्रिया