शुक्रबार, मङि्सर २१, २०८१
शुक्रबार, मङि्सर २१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

नेकपा (एमाले)बाट निर्वाचित माडी ७ का वडाध्यक्ष बालकृष्ण सापकोटा नेकपा (एकीकृत समाजवादी) प्रवेश

  • A
  • A+
  • A++

१५ फागुन, चितवन । नेकपा (एमाले)बाट निर्वाचित माडी नगरपालिकाका अर्का एक वडाध्यक्ष नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

विज्ञापन १

माडी नगरपालिका वडा नं. ७ बाट निर्वाचित वडाध्यक्ष बालकृष्ण सापकोटा नेकपा (एकीकृत समाजवादी)मा खुल्नुभएको हो । एकीकृत समाजबादीले शनिवार चितवनको सौराहामा सम्पन्न गरेको निर्वाचन केन्द्रीत प्रशिक्षण कार्यक्रममा सहभागी हुँदै वडाध्यक्ष सापकोटा सो पार्टीमा खुल्नुभएको छ ।

विज्ञापन २

यसअघि, नेकपा (एमाले)बाट निर्वाचित माडी-३ का वडाध्यक्ष पुरन महतोसंगै वडा सदस्यहरु नारायण महतो र मनि कुमारी चौधरीले एकीकृत समाजवादीमा सनाखत गर्नुभएको थियो । सो समयमा, निर्वाचन आयोगले सनाखतका लागि दिएको समयसीमा गुजारी एमालेमै रहनुभएका वडाध्यक्ष बालकृष्ण सापकोटा माडी-७ का पुराना, सरल र स्थापित कम्युनिष्ट नेता मानिनुहुन्छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया