देश-प्रदेश खबर पोष्ट

माडीको पाैहारीमा ट्वन्टीवान ग्रुपले निर्माण गरिरहेको रुद्र पार्कमा रुद्रेश्वर महादेवको मुर्ती स्थापित

१७ फागुन, चितवन । माडी नगरपालिकालाई स्वामित्व हस्तान्तरण हुनेगरी ट्वन्टीवान ग्रुप प्रपर्टी (प्रा.) लि.ले माडी-२, पौहारीमा निर्माण गरिरहेको रुद्र पार्कमा रुद्रेश्वर महादेवको मुर्ती स्थापित भएको छ ।

महाशिवरात्री पर्वको अवसर पारी पुजाआजा र पञ्चेबाजासहित सो पार्कमा महादेवको मुर्ती स्थापित भएको हो । बिहान २ बजेको समयमा पशुपतिनाथ मन्दिर काठमाडौंमा भट्ट ब्राह्मणहरुबाट पुजाआजा, मन्त्रोच्चारण र जलाभिषेक गरी ल्याइएको महादेवको मुर्ती पार्कमा स्थापित गरिएको निर्माता कम्पनीका प्रमुख राज के.सी.ले बताउनुभयो ।

हाल प्रतिस्थापित सानो मुर्तीकै स्थानमा भुईँबाट ५८ फिट अग्लो हुनेगरी माडीकै ठूलो र आकर्षक शिव मुर्ती निर्माण हुने के.सी.को भनाई छ । मुर्ती स्थापनाको सन्दर्भमा आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै के.सी.ले सो पार्कलाई शिव धामको रुपमा विकास गरी माडीकै प्रमुख पर्यटकीय गन्तव्यस्थल बनाउन चाहेको जिकीर गर्नुभयो ।

करीब २ बिगाहा क्षेत्रफलमा निर्माण भइरहेको सो पार्कको मध्यभागमा शिव मुर्ती, वरपर फुलबारी, स्वीमिङ पुल र टेनिस कोर्ट लगायतका संरचना रहने बताइएको छ । जग्गा खण्डिकरणको सिफारिस लिँनेक्रममा कम्पनीले माडी नगरपालिकासंग सकारेको तीनबुँदे सहमतीको एउटा बुँदामा उल्लेख भएबमोजिम पार्क निर्माण कार्य अगाडि बढेको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार