३० फागुन, चितवन । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा माडीको बसन्तपुरमा बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगिता सञ्चालन सुरु भएको छ ।
प्रदेशभरीका १३ वटा जिल्लाका १३ वटा पुरुष तथा १३ वटै महिला टोलीको सहभागिता रहेको सो प्रतियोगिताको सोमबार बागमती प्रदेशका खेलकूद मन्त्री रत्न ढकाल र माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले संयुक्त उद्घाटन गर्नुभयो ।
माडी नगर खेलकुद विकास समितिका अध्यक्ष एवं वडाध्यक्ष रामबन्धु पोख्रेलको अध्यक्षतामा सम्पन्न समुद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा प्रदेश मन्त्री ढकालले पुरुष भलिबल सर्भिस गरी पुरुषतर्फको तथा मेयर ढकालले महिला भलिबल सर्भिस गरी महिलातर्फको खेल उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बागमती प्रदेशसभा सदस्य रामलाल महतो, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्य भण्डारीको विशेष आतिथ्य रहेको थियो ।