मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

कालोपत्रे हुने क्रममा रहेका माडीका भित्री सडकहरू धुलाम्य हुँदा वायुप्रदूषण बढ्यो, स्थानीयबासी प्रभावित

  • A
  • A+
  • A++

३० फागुन, चितवन । कालोपत्रे हुने क्रममा रहेका माडीका मुख्य भित्री सडकहरू धुलाम्य हुँदा वायुप्रदूषण ह्वात्तै बढेको छ ।

विज्ञापन १

हाल बाइपासका रुपमा ठूला तथा मझौला सवारी साधन आवतजावत गर्ने मुख्य सडकको रूपमा रहेको माडी-५, नयाँपिपरियादेखि मिलनचोक हुँदै जनकल्याण मा.वि. पुग्ने बाटोमा अत्यधिक धूलो बढेको स्थानीयबासी सूर्य भट्टराईले बताउनुभयो । अन्य भित्री बाटोहरुको अवस्था समेत उस्तै रहेको स्थानीयबासीहरु बताउँछन् ।

विज्ञापन २

धुलो व्यवस्थापन हुन नसक्दा सडकको दायाँबायाँ घर हुनेहरु र पैदल यात्रीहरुको स्वास्थ्यमा नकारात्मक असर परिरहेको स्थानीयले गुनासो गरेका छन् । धुलाका मसिना कण हावासँगै फैलिएर फोक्सोसम्म सजिलै पुग्ने चिकित्सकहरू बताउँछन् । साथै धुलोका कारण आँखामा पनि उस्तै समस्या देखिने गरेका छन । ‘सवारी हाँक्दा चस्मा नलगाएसम्म हिँड्न सकिदैन, आँखा भरी धुलोका कण गएर समस्या हुनेगरेको’ मोटरसाइकल चालकहरूको गुनासो रहेको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया