३० फागुन, चितवन । माडी नगरपालिका वडा नं. ९, बाँदरझुलामा भूमिहीनहरुलाई जग्गा नापीको रातो निस्सा बाँड्न सुरु भएको छ ।
विज्ञापन १
राष्ट्रिय भूमि आयोग चितवन तयार पारेको निस्सा शनिवारबाट सुकुम्बासीहरुलाई बाँड्न सुरु भएको हो । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल, माडी-९ का वडाध्यक्ष शिवहरि सुवेदी, नेपाली काँग्रेसका माडी नगर सभापति कोमलनाथ भुसाल लगायतको सर्बदलिय टोली बाँदरझुला पुगी निस्सा वितरण सुरु गरेको थियो ।
विज्ञापन २
आयोगबाट खटिएका सर्भेयर र अमिनहरुले हाइ डिफिनेशन स्याटेलाइट म्याप (नक्सा)को प्रयोग कित्ताकाट गरेर कित्ता नम्बर हाली रातो निस्सा तयार पारेका हुन् । यसअघि गतसाता वितरणको लागि तयार पारिएको निस्सामा त्रुटि भेटिएपछि त्यसलाई सच्याई एकसातापछि निस्सा वितरण थालनी भएको हो ।
विज्ञापन ३