शनिबार, मङि्सर २२, २०८१
शनिबार, मङि्सर २२, २०८१

देश-प्रदेश खबर पोष्ट

माडीका युवा उद्यमी शोभाकान्त बस्याल नेपाल उद्योग संघको केन्द्रीय सचिव चयन

  • A
  • A+
  • A++

चितवन । माडीका युवा उद्यमी शोभाकान्त बस्याल नेपाल उद्योग संघको केन्द्रीय सचिव चयन हुनुभएको छ ।

विज्ञापन १

ओखती ब्राण्डका साबुन र तेलजस्ता उत्पादन गर्दै आएको जयकाली जडिबुटी कम्पनीका प्रवन्ध निर्देशक समेत रहनुभएका माडी-५, राधापुर निवासी बस्याल संघको दोश्रो साधारण सभा तथा अधिवेशनबाट केन्द्रीय सचिव चयन हुनुभएको हो ।

विज्ञापन २

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ अन्तरगत देशैभरीका उद्योगीहरुको संस्थाका रुपमा परिचित सो संस्थाको केन्द्रीय अध्यक्षमा डा. तिलचन्द्र भट्टराई, उपाध्यक्षहरुमा सुनिल श्रेष्ठ, अर्जुनकुमार मैनाली र चिन्तामणी वास्तोला तथा महासचिवमा ईश्वरबहादुर गुरुङ रहनुभएको छ । अधिवेशनले १५ पदाधिकारीसहित १०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया