चैत ०७, चितवन । खानाका लागि खेतीपातीको अभियान नेपाल र माडी नगरपालिका कृषि शाखाको संयोजनमा ‘वर्तमान कृषिका समसामयिक सवाल’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वर्तमान कृषिमा देखिएका समस्या र चुनौतीका विषयम सवाल जवाफ भएको सो कार्यक्रममा खाध्यका लागी कृषि अभियान संबद्ध जीवन शाहीले खेतीपातीको चुनौती र जलवायु परिवर्तनले बाली चक्रमा परेको असरको विषयमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रमका अर्का वक्ता रहनुभएका साहित्यकार, अधिवक्ता तथा स्तम्भकार सरिता तिवारीले नजिकिँदै गरेको स्थानीय तहको चुनावमा कृषि क्षेत्रमा देखिएका समस्याको समाधानका लागि पहल लिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला प्राङ्गारिक संघ चितवन सम्बद्ध चन्द्र प्रसाद अधिकारीले गाउँठाउँमै उपलब्ध बस्तुहरूको प्रयोग गरी प्राङ्गारिक उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको थियो । माडी नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा माडी नगरपालिका क्षेत्र भित्र रहेका विभिन्न कृषि पेशामा आबद्ध रहनुभएका किसानहरू एवं दलका प्रतिनिधीहरूको उपस्थिति रहेको थियो ।