१० चैत्र चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीमा हालै निर्माण सकिएको चिरौली सितलपुर सडकको उद्घाटन गर्नुभएको छ ।
माडी-२ चिरौली चोकदेखि माडी-४, सितलपुरस्थित एकता स्तम्भसम्म पुग्ने ५ किलोमिटर लामो सडक माडी नगरपालिकाको साझेदारी कार्यक्रम अन्तरगत ५ करोड ३८ लाखको बजेटमा हालै निर्माण सम्पन्न भएको हो ।
बिहीबार बिहान चिरौली चोकमा सम्पन्न एक संक्षिप्त उद्घाटन कार्यक्रममा माडीका सांसद समेत रहनुभएको पूर्व प्रधानमन्त्री प्रचण्डले सो सडक समुद्घाटन गर्नुभएको हो । कार्यक्रममा, सडक निर्माणको बजेट प्रचण्डकै पहलमा प्राप्त भएको भन्दै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले रिबन काटी सडक उद्घाटन गर्न प्रचण्डलाई अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा, बागमती प्रदेशका मन्त्री घनश्याम दहाल अविनाश, माओवादी केन्द्रका केन्द्रीय सदस्य यम बहादुर परियार ‘इन्द्रजित’, चितवन अध्यक्ष रामचन्द्र अधिकारी, सचिव द्रोणबाबु सिवाकोटी एवं नगर स्तरका नेता कार्यकर्ताहरु सहभागी रहेका थिए ।