वनमा डढेलो लगाउनेहरुको प्रमाण सहित सूचना दिनेलाई माडीमा नगद पुरस्कार

281
SwadeshPost

१३ चैत्र, चितवन । हावाहुरी र सुक्खा मौसम सुरु भएसंगै वन डढेलोको घटना बढ्न सक्ने भन्दै माडीको सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले वन जोगाउन सबैमा अनुरोध गरेको छ ।

वनमा डढेलो नलगाउन सार्वजनिक अनुरोध गर्दै सो वन उपभोक्ता समूहले वनमा डढेलो लगाउनेहरुको प्रमाण सहित सूचना गराउनेलाई नगद पुरस्कारको घोषणा समेत गरेको छ ।

बनक्षेत्रमा डढेलो लगाउने र खोलामा करेन्ट वा बिष हालेर माछा मार्ने व्यक्तिबारे नाम, ठेगाना र प्रमाण सहित (गोप्य) जानकारी दिनेलाई उचित नगद पुरस्कार दिने निर्णय गरिएको वनका अध्यक्ष नेत्रनाथ आलेले बताउनुभयो ।

अध्यक्ष आले नेतृत्वमा वन उपभोक्ता समूह र स्थानीयबासीको टोली हाल दैनिक वन क्षेत्रमा पुगी आगो सल्केको स्थामा डढेलो निभाउन सक्रिय रहने गरेको छ । आगोको सानो झिल्कोले ठूलो क्षति पुर्याउने भएकाले लापरबाही नगर्न, घाँसको लोभमा जङ्गलमा जानीजानी डढेलो नलगाउन उहाँको सुझाव छ ।

SwadeshPost