शनिबार, मङि्सर २२, २०८१
शनिबार, मङि्सर २२, २०८१

पर्यटन खबर पोष्ट

कोरोनाका कारण दुई बर्ष रोकिएको चैतेदशैं गोद्धक मेला यसबर्ष भव्यतापूर्वक लाग्ने

  • A
  • A+
  • A++

१३ चैत्र, चितवन । कोरोनाका कारण दुई बर्ष रोकिएको रामनवमी चैतेदशैं गोद्धक मेला यसबर्ष भव्यतापूर्वक लाग्ने भएको छ ।

विज्ञापन १

आउँदो चैत २५ देखि २८ गतेसम्म माडी-१ गोद्धक क्षेत्रमा भव्यतापूर्वक मेला लाग्ने भएको हो । माडी १का वडा सदस्य अमित लामाको अध्यक्षतामा बसेको बैठकले यसबर्ष ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको साँस्कृतिक प्रस्तुती र नगर स्तरीय खेलकूद सहितका विविध कार्यक्रमहरु सहित धूमधामपूर्ण मेला आयोजना गर्ने निणर्य गरेको हो ।

विज्ञापन २

मेला सञ्चालनका लागि अमर थापामगरको अध्यक्षतामा १५ सदस्यीय मूल आयोजक समिति समेत चयन भएको छ । समितिको उपाध्यक्षमा उमा तामाङ, सचिवमा पदम लामा, सहसचिवमा दिपेन्द्र प्रसाद महतो र कोषाध्यक्षमा सरिता बोट रहनुभएको छ । त्यस्तै सदस्यहरुमा खिलनिधी पाण्डे, धन बहादुर गुरुङ, तुल बहादुर नेपाली, सन्तोष प्रसाद बोट, रामजी सापकोटा, कृष्ण बहादुर पोखरेल, दीपेन्द्र महतो, जीवन गुरौ, रामकृष्ण महतो र दुर्गा बहादुर सुनार रहनुभएको छ ।

विज्ञापन ३

यसबाहेक जयनारायण लामिछाने, तुल्सिङ गुरुङ, सीता तिमिल्सिना र खेम प्रसाद लामिछाने सम्मिलित सल्लाहकार मण्डल समेत समेत गठन भएको छ । मेलाको अनुगमनका लागि माडी-१ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा वडा सदस्यहरु अमित लामा, शिव बहादुर कार्की, हेमादेवी पौडेल र गीता परियार तथा स्थानीय पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटा (बासु) सदस्य रहनुभएको अनुगमन समिति समेत गठन भएको छ ।

समितिको बैठकबाट मेलाको आधिकारिक मिडियाका रुपमा स्वदेश एफ.एम.लाई जिम्मेवारी दिइएको छ । गोद्धक मेला भर्न माडीसंगै देशका विभिन्न गाउँ र छिमेकी देश भारतबाट हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया