गोद्धक मेलामा मुख्य आकर्षणका रुपमा चर्चित नायक राजेश हमालको सहभागिता रहने

732
SwadeshPost

२० चैत्र, चितवन । माडीको गोद्धक तथा पाँचपाण्डव क्षेत्रमा आयोजित रामनवमी गोद्धक मेलामा मुख्य आकर्षणका रुपमा चर्चित नायक राजेश हमालको सहभागिता रहने भएको छ ।

चैत २५ देखि २८ गतेसम्म सञ्चालन हुने सो मेलाको सुरुवाती ३ दिनसम्म नायक हमालको प्रस्तुती रहने भएको हो । उहाँसंगै चर्चित लोकगायक चिज कुमार गुरुङ र लोकगायिका अस्मिता डल्लाकोटीको दोहोरी गायन र स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने मेला मूल आयोजक समितिका संयोजक अमर बहादुर थापामगरले जानकारी दिनुभयो ।

कोरोनाका कारण दुई बर्ष रोकिएको रामनवमी चैतेदशैं गोद्धक मेला यसबर्ष भव्यतापूर्वक लाग्ने भएको हो । मेला अन्तरगत सांगितिक र साँस्कृतिक प्रस्तुतीहरुसंगै नगर स्तरीय पुरुष भलिबल र अन्य रमाइला कार्यक्रमहरु सञ्चालन गर्ने कार्यक्रम रहेको मेलाका मुख्य अभियन्ता एवं वडा सदस्य अमित लामाले बताउनुभयो ।

गोद्धक मेला भर्न माडीसंगै देशका विभिन्न गाउँ र छिमेकी देश भारतबाट हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु आउने गरेका छन् । मेलाको अफिसियल मिडिया स्वदेश एफ.एम. रहेको छ ।

SwadeshPost