माडी नगरपालिकाद्वारा खैरहनी माध्यमिक विद्यालयलाई सुबिधा सम्पन्न स्कुल बस हस्तान्तरित

231
SwadeshPost

चितवन । माडी नगरपालिकाले खैरहनी माध्यमिक विद्यालयलाई सुबिधा सम्पन्न स्कुल बस हस्तान्तरण गरेको छ ।

विद्यालयमा सम्पन्न एक औपचारिक कार्यक्रमबिच नगरप्रमुख ठाकुर प्रसाद ढकालले विद्यालयका व्यवस्थापन समिति अध्यक्ष कोमलनाथ भुसाललाई स्कुलबसको चाबी हस्तान्तरण गर्नुभएको हो । नगरपालिकाले उपलब्ध गराएको रु. २५ लाख रुपैंया बजेटमा आन्तरिक श्रोतबाट रु २ लाख थप गरी विद्यालयले टाटा कम्पनीको ३७ सिटे स्कुलबस खरिद गरेको हो ।

सो स्कुल बस, विद्यालय भन्दा टाढा घर रहेका मुख्यतः घोसरी र सितलपुर लगायतका गाउँहरुका साना बालबालिकाहरुलाई विद्यालयसम्म ल्याउन र घर छोड्न प्रयोगमा आउने प्रधानाध्यापक कुलानन्द भुसालले जानकारी दिनुभयो ।

खैरहनी माध्यमिक विद्यालयमा समेत स्कुल बस हस्तान्तरण भएसंगै माडी उपत्यकाभित्रका सबै सामुदायिक माध्यमिक विद्यालयहरुले नगरपालिकाबाट स्कुल बस प्राप्त गरेका छन् । अब बाँदरझुलास्थित प्रस्तावित सगरमाथा माध्यमिक विद्यालयले मात्र स्कुलबस पाउन बाँकी रहेको छ ।

SwadeshPost