नेपाली काँग्रेस माडीद्वारा नगरप्रमुखमा ७ र उप-प्रमुखमा १३ जना आकंक्षीहरुको नाम सिफारिस

260
SwadeshPost

२८ चैत्र, चितवन । नेपाली काँग्रेस माडी नगर समितिले माडीको नगरप्रमुख र उप-प्रमुखमा आकंक्षीहरुको नाम संकलन गरी सिफारिस गरेको छ ।

नगर समितिले पार्टीको क्षेत्र र जिल्ला समितिलाई बोधार्थ जनाउँदै प्रदेश समितिलाई उम्मेदवारको नामावली सिफारिस गरेको हो । सिफारिस गरिएकोमा नगरप्रमुखका लागि ७ र उप-प्रमुख पदका लागि १३ जनाको नाम रहेको छ ।

सिफारिसमा परेका नगरप्रमुखका आकंक्षीहरुमा खेमप्रसाद महतो, सविता बराल, छविलाल भट्टराई, भोजराज देवकोटा, नारायण प्रसाद दाहाल, विकास भुसाल र काशिनाथ अधिकारी रहनुभएको छ ।

त्यसैगरी नगर उप-प्रमुखका आकंक्षीहरुमा पार्टीका नगर सभापति कोमलनाथ भुसाल, सचिव लोकनाथ लामिछाने, हिमाल गुरुङ, शिवमाया भट्टराई, नारायण सुवेदी, कृष्ण कुमारी पौडेल, तिलक भुसाल, टिका खत्री, हरि पौडेल, शुक्रमिया महतो, प्रविन देवकोटा, सीता अर्याल र जानुका थापा क्षेत्री रहनुभएको छ ।

SwadeshPost