वडाध्यक्ष समेत रहनुभएका नेपाली काँग्रेसका युवा नेता कृष्ण प्रसाद पौडेलद्वारा पार्टीबाट राजिनामा

452
SwadeshPost

चैत्र २८, चितवन । माडी-१ का वडाध्यक्ष समेत रहनुभएका नेपाली काँग्रेसका युवा नेता कृष्ण प्रसाद पौडेलले पार्टी परित्याग गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा एक लामो र भावनात्मक स्टाटस लेख्दै नेता पौडेलले प्रजातान्त्रिक समाजवादप्रति सम्मानभाव रहेपनि पार्टी सदस्यबाट राजिनामा गरेको उल्लेख गर्नुभएको हो । पार्टीभित्र र बाहिर दुबैतिर आफू पटक पटक अपमानित हुनुपरेको र ‘आफूलाई भुमिका विहीन बनाउँदै जिउदै मार्ने प्रयास भएको’ उहाँको आरोप छ ।

‘पार्टीभित्रको दासतालाई अस्वीकार गर्दै विगतको पाँच बर्षको समग्र आत्मानुभुतिलाई साक्षी राख्दै काँग्रेसको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको’ तर ‘देश र समाजप्रतिको कर्तव्यबोध भने सदा रहिरहने’ उहाँको लेखाई छ ।

उहाँको राजिनामा काँग्रेसले मेयर र उपमेयरमा माडीबाट उम्मेदवारहरुको नाम सिफारिस गरेकै सन्दर्भमा सार्वजनिक भएको हो, जसमा दुईवटै पदमा उहाँको नाम उल्लेख भएको देखिँदैन ।

SwadeshPost