मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

नेकपा एमालेबाट माडी नगरपालिकाको प्रमुख पदको उम्मेदवारमा ताराकुमारी काजी महतो

  • A
  • A+
  • A++

११ बैशाख, चितवन । नेकपा एमालेबाट माडी नगरपालिकाको प्रमुख पदको उम्मेदवारमा ताराकुमारी काजी महतोले टिकट पाउने निश्चित भएको छ ।

विज्ञापन १

हाल माडी नगरपालिकाको उप-प्रमुख रहनुभएकी माडी-३ बसन्तपुर बजार निवासी महतोलाई एमालेले माडीको नगर-प्रमुखका रुपमा अगाडि सार्न लागेको हो । लामो रस्साकस्सी र पटक पटकको छलफलपछि एमालेको जिल्ला र प्रदेश तहबाट मेयरको उम्मेदवारमा महतोको नाम निश्चित भएको सो पार्टी श्रोतले जनाएको हो ।

विज्ञापन २

एमाले माडीबाट नगरप्रमुखको उम्मेदवारीमा महतोसंगै नेताद्वय श्याम कुमार बिष्ट र नारायण पौडेलको समेत नाम सिफारिस भएको थियो । नगर उपप्रमुख पदका लागि भने यो समाचार तयार पार्दासम्म छलफल जारी नै रहेको जनाइएको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया