मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडी नगरपालिकाको कार्यपालिका प्रवक्तामा माडी-२ का वडाध्यक्ष दण्डपाणी पौडेल चयन

  • A
  • A+
  • A++

चितवन । माडी नगरपालिकाको कार्यपालिका प्रवक्तामा वडाध्यक्ष दण्डपाणी पौडेल चयन हुनुभएको छ ।

विज्ञापन १

नगरपालिकाको पहिलो कार्यपालिका बैठकले माडी-२ का वडाध्यक्ष पौडेललाई प्रवक्ताको जिम्मेवारी दिएको हो । वडाध्यक्ष माधव प्रसाद चापागाईंको प्रस्ताव र वडाध्यक्ष घनश्याम दवाडीको समर्थनमा कार्यपालिका बैठकले सर्बसम्मत रुपमा पौडेललाई कार्यपालिकाको प्रवक्ता चयन गरेको हो ।

विज्ञापन २

बि.सं. २०१७ असार १९ गते कास्की जिल्लामा जन्मनुभएका पौडेल २०२२ सालमा सपरिवार माडीको सितलपुरमा बसाइ सरी आउनुभएको हो । आधारभूत शिक्षा माडीमै लिएर किशोरकालमै रोजगारीको सिलसिलामा भारतको दिल्ली पुग्नुभएका उहाँ भारतमै कम्युनिष्ट पार्टीप्रति आस्थावान भई स्वदेश फर्किएर २०३७ सालमा पार्टी सदस्यता लिनुभएको थियो ।

विज्ञापन ३

तात्कालीन माओवादी जनयुद्धमा जनमुक्ति सेनामा संलग्न उहाँको कान्छो छोरा बासु पौडेल (प्रवीण) चितवनकै दारेचोकको चौतारा भन्ने स्थानमा नेपाली सेनासंगको दोहोरो भीडन्तमा सहादत हुनुभएको थियो । प्रवक्ता पौडेल हाल नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश सदस्य एवं माडी नगर ईञ्चार्ज समेत रहनुभएको छ ।

तपाईको प्रतिक्रिया