आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

देश-प्रदेश खबर पोष्ट

संघीय सरकारले आ.व. २०७९/८० मा माडी नगरपालिकालाई ४९ करोड ६० लाख रुपैंया बजेट पठाउने

  • A
  • A+
  • A++

चितवन । संघीय सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि माडी नगरपालिकालाई ४९ करोड ६० लाख रुपैंया बजेट पठाउने भएको छ ।

विज्ञापन १

अर्थ मन्त्रालयले अन्तरसरकारी बित्तीय हस्तान्तरण मार्फत माडी नगरपालिकालाई ४९ करोड ६० लाख रुपैयाँ बजेट पठाउने भएको हो । सो बजेट मध्ये समानीकरण अनुदान १३ करोड ९२ लाख, सशर्त अनुदान ३१ करोड ९८ लाख र विशेष अनुदान दुई करोड ५० लाख रुपैयाँ रहेका छन् ।

विज्ञापन २

यसअघि, अर्थ मन्त्रालयले चालू आ.व. २०७८/७९ का लागि अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत माडी नगरपालिकालाई ४५ करोड ३८ लाख रुपैंया पठाएको थियो । आगामी आ.व.का लागि मन्त्रालयले माडीलाई करीब ४ करोड रुपैंया थपिएको बजेट पठाउने भएको हो ।

विज्ञापन ३

चितवन जिल्लामा भरतपुर महानगरपालिकालाई १ अर्ब ८० करोड २४ लाख, रत्ननगर नगरपालिकालाई ५९ करोड ७२ लाख, राप्ती नगरपालिकालाई ५५ करोड ५९ लाख, खैरहनी नगरपालिकालाई ४८ करोड ८ लाख, कालिका नगरपालिकालाई ४० करोड ९८ लाख र ईच्छाकामना गाउँपालिकालाई ३८ करोड विनियोजन भएको देखिन्छ । यो बजेट २०७९ श्रावण १ गतेबाट कार्यान्वयनमा आउनेछ 

तपाईको प्रतिक्रिया