देश-प्रदेश खबर पोष्ट

एडुटेक नेपाल, रोटरी क्लब अफ मकाउ र रोटरी क्लब अफ फिसटेल पोखराद्वारा माडीमा कम्प्युटर प्रयोगशाला जडान

चितवन । एडुटेक नेपाल, रोटरी क्लब अफ मकाउ र रोटरी क्लब अफ फिसटेल पोखराको सहयोगमा माडी माध्यमिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला जडान भएको छ ।

माडी-३, बसन्तपुरस्थित सो विद्यालयको दोश्रो कम्प्युटर कक्षामा २ वटा शक्तिशाली सर्भर तथा १८ वटा वर्कस्टेशनहरुका साथै अंग्रेजी र नेपाली भाषाहरुमा विभिन्न अध्ययन सामाग्रीहरु समावेश रहेको कम्प्युटर प्रयोगशाला कक्ष स्थापना भएको हो ।

प्रयोगशालाका निम्ति न्यूजिल्याण्ड निवासी माइक एवं शेरिल चिसोल्मको अनुदान सहयोगमा दुबै रोटरी र एडुटेक नेपाल संस्थाबाट कम्प्युटर प्रयोगशाला सामग्री तथा विद्यालयको तर्फबाट फर्निचरहरु उपलब्ध गराइएको विद्यालयका प्रधानाध्यापक भूपेन्द्र पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार