आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

देश-प्रदेश खबर पोष्ट

चितवन सेवा समाजद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ५८० जनालाई स्वास्थ्य सेवा

  • A
  • A+
  • A++

चितवन । माडीको ब्रह्मपुरीमा सञ्चालित विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविरमा ५८० जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् ।

विज्ञापन १

चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा माडी-५, ब्रह्मपुरीस्थित ब्रह्मज्योति आधारभूत विद्यालयमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा सो संख्याको उच्च सहभागिता रहेको हो । शिविरमा ९३ बर्षका कविराज विश्वकर्मा सहित सयौं ज्येष्ठ नागरिकहरुले स्वास्थ्य उपचार र निःशुल्क औषधीको सेवा लिएका हुन् ।

विज्ञापन २

शिविरमा पेट तथा कलेजो रोग विषेशज्ञ तथा कलेजो प्रत्यारोपण फिजिसियन डा. सागर पौडेल, शल्य चिकित्सक कलेजो प्रत्यारोपण डा. सञ्जय यादव, स्त्री रोग विषेशज्ञ डा. रेनुका ताम्राकार, पेट रोग विषेशज्ञ फिजिसियन डा. प्रदिप न्यौपाने र डा. सविर श्रेष्ठले स्वास्थ्य प्रशिक्षण गर्नुभएको थियो । शिविरमा वितरित सबै औषधी माडीको विश्वास फार्मेसीले सौजन्य गरेको हो ।

विज्ञापन ३

शिविर सञ्चालनपूर्व संक्षिप्त उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । आयोजक संस्थाका अध्यक्ष समिर खत्रीको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहनुभएका माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले फिजिसियन डा. पौडेललाई औषधी हस्तान्तरण गरी शिविर सुरुवात गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया