४ असार, चितवन । माडी नगरपालिका-७ देबेन्द्रपुरमा ईनार सफा गर्ने क्रममा दुई पुरुषको दुखद् मृत्यु भएको छ ।
माडी-७, देबेन्द्रपुर पिपलचोकस्थित श्रृजना रेग्मीको घरभित्र ढकन लगाएको अवस्थामा रहेको ईनार सफा गर्न छिरेका स्थानीयबासी २५ वर्षका पर्शुराम गुरुङ र उनलाई उद्धार गर्न छिरेका ३० वर्षका शिव राई दुबैजनाको ईनारमा डुबेर मृत्यु भएको हो ।
ईनार सफा गर्न पहिलो पर्शुराम ईनारमा प्रवेश गरेकोमा डुबेपछि उनलाई बचाउन शिव ईनारमा छिरेका थिए । ढकन लगाएको गहिरो ईनारभित्र अक्सिजनको मात्रा कम भएसंगै दुबैजनाको निस्सासिएर ज्यान गएको प्रारम्भीक आशंका गरिएको छ ।
लामो समयसम्म इनारमै डुबेको अवस्था भएपछि उद्धारका लागि घटनास्थलमा स्थानीयबासी र प्रहरी सो स्थानमा पुगेका थिए । लामो प्रयासपछि दुबैजनाको शव ईनारबाहिर निकालिएको माडी ७ का वडा सदस्य ढाकामोहन तिमिल्सिनाले जानकारी दिनुभयो ।