चितवन राष्ट्रिय निकुञ्जभित्र शुक्रबार साँझपख स्कोर्पियो गाडी दुर्घटना हुँदा एकै परिवारका ३ जना घाइते भएका छन् ।
विज्ञापन १
निकुञ्जभित्र, सडक छेउको सालको रुखमा ठोक्किँदा सो रुख भाँचेर प्रदेश ३-०३-००१च. ००७४ नम्बरको स्कोर्पियो गाडी पल्टिएर दुर्घटनामा परेको हो । तीब्र गतिका कारण भएको सो दुर्घटनामा घाइते हुनेहरुमा भरतपुर-४, धर्मचोक निवासी धर्म बहादुर पावे, कुमारी पावे र रबिन पावे रहनुभएको छ ।
विज्ञापन २
घटनास्थलमा प्रहरी पुग्नुअगावै घाइतेत्रयलाई उपचारका लागि एम्बुलेन्स मार्फत भरतपुरस्थित नारायणी सामुदायिक हस्पिटलमा पठाइएको थियो । ठूलो दुर्घटना भएपनि सामान्य घाइते भएका तीनैजनाको डिस्चार्ज भइसकेको माडी प्रहरीले जनाएको छ । (तस्वीर : श्रीप्रसाद दवाडी)
विज्ञापन ३