चितवन । निकुञ्जमा बाटो र बिजुलीको मुख्य एजेण्डामा राजधानी केन्द्रीत डेलिगेशनमा रहेको माडीको सर्बदलिय प्रतिनिधीमण्डलले वन मन्त्रालयको सचिवालयसंग भेट गरेको छ ।
विज्ञापन १
प्रतिनिधीमण्डलले वन तथा वातावरण मन्त्री प्रदीप यादवको सचिवालयसंग भेट गरी पत्र बुझाएको हो । भेटका क्रममा देशकै विशिष्ट भूभागका रुपमा रहेको माडी उपत्यकाका निकुञ्ज जडित समस्या हल गर्न मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले जनाउनुभयो ।
विज्ञापन २
यसअघि, माडीको प्रतिनिधीमण्डलसंगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले निकुञ्जभित्र धुलोरहित सडक निर्माण सम्बन्धी प्रस्ताव क्याबिनेट बैठकमा लैजान तथा पुरक ई.आई.ए. हुँदैगर्दा बैंकल्पिक केबुल जडान कार्य संगसंगै अगाडि बढाउन निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
विज्ञापन ३