मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडीको बरुवास्थित सोमेश्वर मा. वि.को व्यवस्थापन समिति अध्यक्षमा लेख बहादुर गुरुङ्ग चयन

  • A
  • A+
  • A++

चितवन । माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा लेख बहादुर गुरुङ्ग चयन हुनुभएको छ ।

विज्ञापन १

त्यस्तै, व्यवस्थापन समिति सदस्यहरुमा लीलकुमार महतो, चन्द्री भट्टराई, प्रकृति महतो, हरिभक्त पाण्डे रहुनुभएको छ । त्यसैगरी समितिको सदस्यमै वडाध्यक्षको सिफारिसमा टिकाराम सुवेदी र यमुना भट्टराई चयन हुनुभएको छ भने शिक्षक प्रतिनिधी र भूतपूर्व विद्यार्थी संगठनको प्रतिनिधी चयन हुन बाँकी रहेको वडाध्यक्ष अमित लामाले जानकारी दिनुभयो ।

विज्ञापन २

यसअघि गत असार १ गते बसेको माडी नगरपालिका शिक्षा समितिको बैठकले २०७७ चैत दोश्रो साता गठन भएको व्यवस्थापन समिति बिघटन गरी असार १५ गतेभित्र नयाँ समिति गठन गर्न समयसीमा तोकेको थियो ।

विज्ञापन ३

विद्यालयले समयसीमा भित्रै असार १२ गते अभिभावक भेला गरी व्यवस्थापन समितिका लागि ५ जना अभिभावकहरुको नाम सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया