आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

माडी (स्थानीय) खबर पोष्ट

आर्थिक बर्ष २०७८/७९मा माडी नगरपालिकाद्वारा ७४ प्रतिशत योजना र कार्यक्रमहरु सम्पन्न

  • A
  • A+
  • A++

३ श्रावण, चितवन । हालै सकिएको आर्थिक बर्ष २०७८/७९मा माडी नगरपालिकाले करीब ७४ प्रतिशत योजना र कार्यक्रमहरु सम्पन्न गरेको छ ।

विज्ञापन १

नगरपालिकाले चालूतर्फ ८४.७९ प्रतिशत र पूँजिगततर्फ ५८.२८ प्रतिशत कार्यसम्पादन गरी बजेट खर्च गरेको (प्रारम्भिक) तथ्यांक छ ।

विज्ञापन २

यसमध्ये शिक्षातर्फ सर्बाधिक ९५ प्रतिशत कार्यसम्पन्न भई बजेट खर्च हुनसकेको छ । यसबाहेक कृषितर्फ ८१ प्रतिशत, पशुपंक्षीतर्फ ८० प्रतिशत, सामाजिक विकासतर्फ ७५ प्रतिशत र स्वास्थ्यतर्फ ७३ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ ।

विज्ञापन ३

कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका अनुसार गत आर्थिक वर्ष २०७८/७९मा जिल्लाभरी संघतर्फ ४९.७५ प्रतिशत र प्रदेशतर्फ ६३.६३ प्रतिशत पुंजीगत (विकास) खर्च भएको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया