नयाँ आर्थिक बर्षको सुरुवातसंगै माडी नगर कार्यपालिका कार्यालयमा हेल्पडेस्क सञ्चालनमा

207

३ श्रावण, चितवन । नयाँ आर्थिक बर्ष २०७९/८० को सुरुवातसंगै माडी नगर कार्यपालिका कार्यालयले हेल्पडेस्क सहितको सोधपुछ कक्ष सञ्चालनमा ल्याएको छ ।

डेस्कमा २ जना कर्मचारीहरु रहने र उनीद्वयले चिठीपत्रको दर्ता/चलानी समेत गर्नेगरी सोधपुछ कक्ष सञ्चालनमा ल्याइएको नगर प्रमुख तारा काजी महतोले जानकारी दिनुभयो ।

हेल्प डेस्कमा रहने कर्मचारीहरुले सेवाग्राहीहरुलाई विभिन्न जानकारी दिनुका साथै सहयोगापेक्षी सेवाग्राहीका फाइल सम्बन्धित फाँटमै लगी काम सकेर ल्याइलिने जिम्मेवारी पाएका छन् ।

नयाँ आर्थिक बर्षको सुरुवातकै सन्दर्भ पारी माडी नगरपालिकाले सम्पत्ती करको भुक्तानी वडामै लिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ भने बघौंडा अस्पतालमा ओ.पि.डी. र ईमरजेन्सीमा सबै महिलाहरुलाई टिकट निःशुल्क समेत सुरु गरेको छ ।

SwadeshPost