मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडीका युवा बोन्साई आर्टिस्ट के.सी. ईटलीमा हुने अन्तर्राष्ट्रिय बोन्साई कार्यशालामा सहभागी हुँदै

  • A
  • A+
  • A++

३ श्रावण, चितवन । माडी-७, कीर्तनपुर निवासी युवा बोन्साई आर्टिस्ट प्रताप के.सी. ईटलीमा हुन लागेको अन्तर्राष्ट्रिय बोन्साई कार्यशालामा नेपालबाट सहभागी हुनुहुने भएको छ ।

विज्ञापन १

‘ईटलियन बोन्साई ड्रिम’का प्रशिक्षक मौरो स्टेम्बर्गरले सम्पूर्ण खर्च व्यहोर्ने गरी अन्तराष्ट्रिय स्तरको सिकाई कार्यशालामा माडीका युवा बोन्साई आर्टिस्ट के.सी.लाई निमन्त्रणा गर्नुभएको हो ।

विज्ञापन २

करीब ३ महिनापछि सञ्चालन हुन लागेको एक महिना अवधीको सो कार्यशालामा नेपालबाट के.सी.मात्रै छनौटमा पर्नुभएको छ । के.सी.ले माडीको कीर्तनपुर बजारस्थित आफ्नै निवासमा गोर्खालीको बोन्साई नामको बोन्साई कलाकेन्द्र स्थापना गरी बोन्साई वायर आर्ट गर्दै आउनुभएको छ ।

विज्ञापन ३

के.सी.ले बिशेषतः पिपल, वर, धुपी लगायतका बहुबर्षिय रुखहरुलाई गमला र भाडोँमा स्थापित गरी बर्षैँसम्म सजावट हुने डिजाइन गर्दै आउनुभएको हो । उहाँको बोन्साई फर्मको प्रवर्धनमा सघाउन गतबर्ष माडी नगरपालिकाले अनुदान समेत उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया